पोखरामा डेरामा महिला मृत फेला

पोखरा न्यूज । पोखराको सृजनाचोकमा डेरा गरी बस्ने एक महिला डेरामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

तनहुँको भिमाद घर भइ कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ८ सृजनाचोकमा डेरा गरी बस्ने शान्ती माया राना हिजो राति साढे दश बजे मृत फेला परेकी हुन् ।

अन्दाजी ६५ / ७० वर्षीय  राना डेराबाट केही दिनदेखि बाहिर ननिस्किए पछि झ्यालबाट भित्र हेर्दा चुक्कुल लगाइ कोठाको बिस्तारामा झुलभित्र मृत अवस्थामा शव देखिएको थियो ।

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । यसबारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिनोद सिलवालले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button