पर्यटनलाई पुर्नजागरण गराउन घरवास सचेतना

पोखरा न्यूज । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं पर्यटन व्यवसायी महिला सङ्घ नेपाल गण्डकी प्रदेशकोे आयोजनामा पर्वतको मोदी गाउँपालिकामा सञ्चालित लब्सी बोट सामुदायिक होमस्टे र भूकदेउराली सामुदायिक होमस्टेमा छुट्टाछुट्टै घरवास सचेतना गरिएको छ ।

कोरोना कहरका कारण लामो समयसम्म प्रभावित पर्यटनलाई पुर्नजागरण गराउने लक्ष्यका साथ दुबै होमस्टेका सञ्चालकका लागि गत चैत २० र २१ गते दुई दिवशीय घरवास सचेतना गरिएको पर्यटन व्यवसायी महिला सङ्घ नेपाल गण्डकी प्रदेशका अध्यक्ष रेनु थापा मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य ललितकला गुरुङले समाजमा रोहका ऐतिहासिक वस्तुको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै स्थानीय सक्रियतासँगै यस क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले आर्थिक समृद्धिका लागि पर्यटन महत्वपूर्ण माध्यम हुने बताउँदै गाउँ पर्यटनमा घरवास कार्यक्रमले विशेष योगदान गर्ने बताउनुभयो । राज्यलाई कर तिर्नु नागरिकको कर्तव्य भएको उल्लेख गर्दै उहाँले घरवास सञ्चालनका क्रममा हुने गरेका व्यवहारिक जटिलतालाई सहजीकरण गर्ने कुरामा आवश्यक पहल गर्ने बताउनुभयो ।

संस्थाका सल्लाहकार तथा पर्यटनविद् श्रीकान्त खतिवडाले घरवास कार्यक्रमले खाने र खुवाउने मात्र नभइ त्यहाँको कला संस्कृति, सभ्यताको जगेर्ना गर्नुका साथै रोजगारसमेत उपलब्ध गराउने बताउनुभयो ।

संस्थाका संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्रीले होमस्टे् सञ्चालकले सरसफाइ, स्थानीय उत्पादनमा जोड, कला संस्कृतिको जगेर्नालगायतमा ध्यान दिन आग्रह गर्नुभयो । मोदी गाउँपालिका–१ का अध्यक्ष भुलबहादुर पौडेलले वडा नं १ मा ४ वटा होमस्टे रहेको र त्यसको प्रवद्र्धनका लागि स्थानीय सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारीले होमस्टेमा स्थानीय उत्पादनबाट अतिथिको सत्कार गर्नुपर्ने बताउँदै यस स्थलको प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गडर्नुभयो । भुक देउराली होमस्टे सञ्चालक समितिका अध्यक्ष टेकबहादुर गुरुङ, पर्यटन व्यवसायी महिला सङ्घ नेपालका अध्यक्ष रेनु थापा मगर, महासचिव शोभा पाण्डे, कार्यक्रम संयोजक कमला गुरुङलगायतले कोरोना प्रभावित पर्यटनलाई पुरानै लयमा फर्काउनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button