जंगलकाे आगलागीकाे लप्काले जलेर ७४ बर्षीया वृद्धाको मृत्यु

पोखरा न्यूज । खोटाङको बराहपोखरी गाउँपालिका-२ बस्ने ७४ बर्षीया डम्बर कुमारी मगरको आगोले जलेर मृत्यु भएको छ ।

आज दिउँसो १ बजेको समयमा स्थानीय तरेभिर जंगलमा आगलागी भएको र उक्त आगलागी प्रहरी तथा स्थानीयवासीहरुले नियन्त्रणमा लिने प्रयास भइरहेको अवस्थामा भीरको माथि बसिरहेकी बृद्धालाई एक्कासी आगोको लप्काले भेटेर शरीरमा आगो लागेकाे थियाे ।

आगो लागेर घाइते भएकी मगरको तत्काल उद्धार गरी उपचारको लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button