बागलुङमा छिमेकीले लगाएको आगो उडेर जाँदा दुई घर तथा गोठ जले

पोखरा न्यूज । बागलुङमा आगलागीबाट दुई घर तथा एक गोठमा क्षति पुगेको छ ।

शुक्रबार दिउसो भएको आगलागीबाट बागलुङ निसीखोला -४ ओख्रेनीका ५५ वर्षीय नर बहादुर घिमिरेको घर र गोठ तथा ३५ वर्षीय प्रेम घिमिरेको घरमा क्षति पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलका अनुसार नर बहादुरको ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले कच्ची घर तथा खरको छानो भएको कच्ची गोठ र प्रेमको ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले कच्ची घरमा आगलागी भएको हो।

स्थानीय ५० वर्षीय डिल्लीराज आचार्यले आफ्नै बारीमा सुकेको काँडा र पातहरू जलाउने क्रममा हावाले उडाउँदा दुई सय मिटर माथि रहेका घर तथा गोठमा आगलागी भएको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले उल्लेख गर्नुभयो ।

स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button