गण्डकीमा ३६ जनाले जिते कोरोना

पोखरा न्यूज । पछिल्लो २४ घण्टामा प्रदेशभर ३६ जना कोरोना भाइरस संक्रमण मुक्त भएकाछन् । हालसम्म गण्डकी प्रदेशमा १६ हजार ३ सय ४३ जना कारोना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ सय १७ जनाको पिसिआर परिक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज मगंलबार कास्की र नवलपरासी पूर्वगरी दुई जिल्लामा कोरोनाका संक्रमित थपिएका छन् । जस अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिकामा १२ जना महिला र १८ जना पुरुष सहित ३० जनामा संक्रमण पुष्टि भएको छ भने, नवलपरासी पूर्वमा एक पुरुष र दुई महिला रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ६६ पुगेको छ ।

हाल गण्डकीमा ४ सय १६ जना कोरोनाका सक्रिय बिरामी रहेकाछन् । हालसम्म गण्डकी प्रदेशमा २ सय ७ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गईसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button