कोभिडबीच २०७७ मा विकास निर्माणका कार्यमा थप सफलता : प्रम ओली

पोखरा न्यूज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताउनुभएको छ ।

नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताउनुभयो ।

आफ्नो नेतृत्वको सरकारले जनतामा आशा जगाउने काम गरेको बताउदै प्रधानमन्त्री ओलीले केहीले सरकारले काम गरेन भनेर हल्ला फिजाउने र जनतामा निराशा बढाउने काम गरेको बताउनुभयो ।  प्रतिकूलताका बीच पनि बर्तमान सरकारले समय  खेर जान नदिएको र विकासका निर्माणका कामहरुलाई अगाडि बढाएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले  प्रतिदिन पाँच किलोमिटर भन्दा बढीको दरले  बाटो निर्माण भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सरकारले टेबुल गरिसकेको प्रतिवेदन संसदमा निर्णयार्थ प्रस्तुत नगरिएको भन्दै संवैधानिक हिसाबले  प्रतिवेदन रोक्न नपाइने र निर्णयार्थ प्रस्तुत गर्नैपर्ने बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button