मौलिक झ्याउरे गीत सिमफॉट सार्वजनिक 

तिलु शर्मा पौडेल,  दोहा कतार । लोकदोहोरी क्षेत्रमा उदयमान नाम हो इनेपाल खबर । साँगीतिक आकाशमा लोकप्रिय बन्दै गइरहेको यस कम्पनीले अन्लाइन रोधिघर मार्फत पाइला टेकेको हो । अनलाइन पत्रिका, लोकगीत निर्माण कार्यसँगै रोधि घर अर्थात् प्रत्यक्ष दोहोरी समेत आफ्नै युटुबच्यानल मार्फत बजार व्यवस्थापन गर्दै आएको कम्पनीले नयाँ मौलिक झ्याउरे गीत “सिमफॉट” बजारमा ल्याएको छ ।

लोकप्रिय गायक तथा सर्जक कस्तुप पन्तको शब्द सिर्जनामा झ्याउरे गीत  “सिमफॉट” सार्वजनिक गरिएको छ। युवा पुस्ताका लोकप्रिय सर्जक तथा गायक वसन्त थापा तथा चर्चित गायिका निशा के. सी ले सिमफॉटमा आफ्नो सुमधुर आवाज भर्नुभएकाे छ। गाउँघरको सेरोफेरोमा गाइने मौलिक भाकालाई टपक्क टिपेर गायिका के. सी ले सङ्गीत सिर्जना गर्नुभएकाे छ भने कमल सौरागकाे एरेन्ज छ ।

काजिश श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा लोमश शर्मा, अञ्जली अधिकारी र जेम्स बि. सी मुख्य भूमिका रहेका छन्। राजेश घिमीरेले खिचेका दृश्यलाई दीपक विष्टले सम्पादन गर्नुभएकाे छ । गीतको भिडियो त्रिकोणात्मक प्रेम कथामा बनेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button