आजको राशिफलः वैशाख ३ गते शुक्रबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा । आज मितिः २०७८–वैशाख–०३, शुक्रबार, नेपाल सम्वत् ११४१, तदनुसार अप्रिल महिनाको १६, २०२१, चैत्र शुक्लपक्ष, सम्वत्सरः राक्षस ।

तिथिः चतुर्थी घ.प.२४ः१०(१५ः२१), नक्षत्रः रोहिणी, योगः सौम्य, करणः बब, आनन्दादी योग ः मित्र

चन्द्रमाः वृष, सूर्यः मेष, अयनः उत्तरायण

सूर्योदयः ५ः४१

सूर्यास्तः १८ः२९

आजको राशिफलः

मेष. तपाईँको आजको दिन त्यति राम्रो देखिँदैन । आफन्तबाट धोका हुन सक्छ । नयाँ व्यवसायमा हात नहाल्दा नै शुभ हुनेछ । मनमा चञ्चलता बढ्नेछ । आलस्यतापन बढ्नेछ । काममा मन नजाँदा नोकरीमा हानि हुन सक्छ ।

वृष. तपाईँको आजको दिन सफलतापूर्वक बित्ने देखिन्छ । मान प्रतिष्ठा बढ्नेछ भने यात्राको अवसर आउनेछ । साथीभाइसँग नजिकिने माध्यम बढ्नेछ । मिष्टान्न भोजनको योग रहेको छ । मनले आँटेका र सोचेका कार्य सरल तवरले पुरा हुने देखिन्छ ।

मिथुन. तपाईँको लागि आजको दिन राम्रो रहेको छ । यात्राका अवसर आउँदा मान सम्मान प्राप्ति हुनेछ । आर्थिक पक्ष दरिलो हुँदा आज तपाइले गरेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । समग्रमा दिन राम्रो रहेको छ ।

कर्कट. व्यापार व्यवसायबाट आम्दानीको सम्भावना बढेको छ । शिक्षाको क्षेत्रमा सफलता प्राप्ति हुँदा स्वास्थ्यले पनि साथ दिनेछ । रोजगारका अवसरहरू आउनेछन् । सबैको सहयोगले तपाइको काम सम्पन्न हुने देखिन्छ ।

सिंह. तपाईँको आजको दिन राम्रो छैन । सन्तानबाट असहयोगको महसुस हुने छ । आर्थिक क्षेत्रहरूमा असफलताको सङ्केत देखिएको छ । मित्रले पनि कुरा काट्ने समय रहेको छ भने सवारी दुर्घटनाको अवस्था देखिएकाले सचेत हुनु आवश्यक देखिन्छ ।

कन्या. नयाँ व्यापार तथा उद्योगको सुरुवात गर्ने योग रहेको छ । मनग्य आम्दानीको बाटो खुलेको छ । पद–प्रतिष्ठा पाइनेछ । आम्दानीका नयाँ–नयाँ श्रोतहरू खुलेका छन् । स्वास्थ्यमा सुधार हुनेछ ।

तुला. आज तपाईँको दिन त्यति राम्रो मान्न सकिँदैन । वाहन तथा साधनबाट धोका मिल्नेछ । नशा तथा चिसोको रोगबाट ग्रसित हुने सम्भावना पनि उत्तिकै देखिएको छ । मनमा अनावश्यक सोचाइ आउनेछ ।

वृश्चिक. तपाईँको आजको दिन उत्कृष्ट पूर्वक बित्ने समय देखिएको छ । मान–सम्मान र पद प्रतिष्ठाको सम्भावना पनि उत्तिकै रहेको छ । समय तपाइको पक्षमा देखिएकाले आनन्दपूर्वक काम आँटेर गर्नुभएमा पूर्ण हुनेछ

धनु. तपाईँको आजको दिन राम्रो छैन । नयाँ काममा आँट नगर्दा नै राम्रो देखिन्छ । झैझगडाको सम्भावना भएकाले सचेतता अपनाउनुपर्ने हुन्छ । आफन्तबाट धोका मिल्नेछ । मन भने द्विविधामा फस्नेछ ।

मकर. तपाईँको आजको दिन राम्रै रहेको छ । विचार गरेर काम गरेको खण्डमा सबैको साथ र सहयोग प्राप्त गर्ने अवसर आएको छ । बोलीमा भने विचार पु¥याउनुपर्नेछ । सुखद यात्राको अवसर आउनेछ ।

कुम्भ. शुभ समय रहेकाले आजको दिनलाई सफलतापूर्वक बिताउने अवसर रहेको छ । हतारिएर भन्दा पनि आनन्दले गरेका कामले औपचारिकतामै पूर्णता पाउने देखिन्छ । श्रीमान्–श्रीमतीबिचको प्रेमालाप बढेर जानेछ ।

मीन. तपाईँको आजको दिनमा राम्रो हुनेछ । सन्तान सुख मिल्नेछ । गरेका काममा सफलता प्राप्ति हुनेछ । श्रीमान् श्रीमतीबिचको प्रेमालाप बढेर जानेछ । रोजगारीको सम्भावना रहेको छ भने अध्ययनमा मन जाने देखिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button