चट्याङबाट ९ बर्षीया बालिकासहित २ जनाको मृत्यु

पोखरा न्यूज । भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुमको छथर गाऊपालिका ६ असिने बस्ने ९ बर्षीया बालिका रोहीता मगर र भोजपुरको षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई रहेका छन् ।

बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी बाँया साईडको टाउकोदेखि घाँटीसम्म जली अचेत अवस्थामा रहेकी उनको उपचारको लागी तयारी हुँदा हुदै राती सवा११ बजे घरैमा मृत्यु भएको थियो .

राईको बिहीबार बेलुका ६ बजे आफ्नै घरमा बसीरहेको अवस्थामा अचानक चट्याङ लागी बेहोस भई लडी टाउकोमा चोट लागी घाईते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button