क्रिकेटमा नेपालको लगातार दोस्रो जित

पोखरा न्यूज । मलेसियालाई ९ विकेट हराउँदै घरेलु टोली नेपालले त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले पाहुना टोली मलेसियालाई हराउँदा ओपनर द्वय कुशल भुर्तेल र आशिफ शेखको सतकीय साझेदारीमा नेपालले लगातार दोस्रो खेलमा पनि जित निकाल्न सफल भएको हो । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले अर्धसतकीय इनिङ खेले । यसै शृखंलाबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका कुशलले लगातार दोस्रो खेलमा पनि अर्ध शतक पूरा गरेका छन् । ४१ बलको सामना गरेको कुशलले ३ चौका र ५ छक्का प्रहार गर्दै नट आउट ६१ रनको पारी खेले ।

यस अघि भएको पहिलो खेलमा कुशल र आशिफ दुवैले ले नेदरल्यान्ड्सविरुद्ध अर्धसतकीय इनिङ्स खेलेका थिए । जितका लागि ८ रन आवश्यक हुँदाको अवस्थामा कुशललाई साथ दिएका अशिफ शेख ४२ रनमा पेभिलियन फर्किए । २९ बलमा ४ चौका र १ छक्का प्रहार गरेको आशिफ पछि ब्याटिङमा आएको उपकप्तान दीपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहँदा नेपालले लक्ष्य भेटाउन सफल भएको छ ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले १६।५ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ९ रन जोडेको थियो । खराब सुरुवात गरेको मलेसियाले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको थियो । अनवर अरुदिनलाई ८ रनमा पेभिलियन फर्किएका थिए । त्यसपछि मैदान प्रवेश गरेका कप्तान अहमद फाइज धेरै बेर क्रिजमा टिक्न सकेनन् । टोलीले ३४ रन बनाउँदा ३ रनमा मैदानबाट बाहिरिन बाध्य बने ।

तेस्रो विकेटको रूपमा मलेसियाले विरन्दीप सिंह ६ रनमा सोमपालको बलमा बोल्ड भए । चौथो विकेटको रूपमा मलेसियाले ओपनर ब्याट्सम्यान साद अजिज २७ रनको योगफल तयार पार्दा दीपेन्द्रसिंह ऐरीको बलमा आशिफ शेखबाट समातिए । अमिनुद्दीन रामलीले १५ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन छुन सकेनन् । नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट निकाल्दा सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, साहब आलम र कुशल मल्लको नाममा एक एक विकेट रह्यो ।

जितसँगै नेपालले शृखंलामा लगातार दोस्रो जित निकाल्दै तालिकामा शीर्षता कायमै राखेको छ । २ खेलमा स्पष्ट जित निकालेको नेपालको ४ अङ्क भएको छ भने दुई मध्ये एक खेलमा जित निकालेको नेदरल्यान्ड्स २ अङ्कका साथ दोस्रो र अङ्कविहीन मलेसिया तेस्रो स्थानमा छ । अर्को खेल नेपालले मंगलबार त्रिभुवन विश्व विद्यालयको मैदानमा नेदरल्यान्ड्सँग खेल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button