विष्णु माझीको आवाजमा “याद” बजारमा (भिडियो सहित)

तिलु शर्मा पौडेल, दोहा कतार ।

आफ्नै भाग्य नमिल्ने लेख्नलाई
मन रोएको को छ र देख्नलाई
“याद सङ्गै जिन्दगी क्यारी काट्ने होला,
दुनियाँले खुसी छ भने नि आफ्नै यो मुटुलाई क्यारी ढाँट्ने होला”

गायक तथा सर्जक ईश्वर भण्डारीको लोक तथा दोहोरी गीति एल्बम “याद” मा समावेश अन्तरा सहितको गीत हो यो l रिलिज नहुँदै टिक टकमा चर्चाको शिखरमा रहेको उक्त गीत ताजा इन्टरटेनमेन्टबाट हाल बजारमा तहल्का मच्चाइ रहेको छ l हरेक दिन सार्वजनिक भइ रहने गीतहरू माया प्रेमका भाव मै हुने गरेका छन्, भनिन्छ संसार पनि मामा मै अडिएको छ l

अजम्बरी एक प्रेम कथामा रहेर शरद पाण्डेले कोरेका शब्दलाई भण्डारी तथा विष्णु माझीले स्वर दिनुभएकाे छ l विष्णु माझीले उच्च पारिश्रमिक निर्धारण गरे पछि उहाँकाे पछिल्लो समय गीतहरू कम आइरहेका बेला भण्डारीले माझीलाई लिएर गीत बनाउनु भएकाे हाे ।

पछिल्लो समय नेपाली युट्युब बजारमा भाइरलले पकड बनाएको अवस्थामा पनि “याद” भिड्न सक्ने बनेको गीतका सर्जक पाण्डे बताउँनु हुन्छ।

गायक भण्डारीको लय सृजना रहेको गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका हुन । स्मृति तिमिल्सिनाको निर्देशन रहेको गीतमा ओबी रायमाझी, आशा खडका, शेर बहादुर डिसी, डाक्टर भोला रिजाल र धुर्बको अभिनय रहेको छ l भिडियोलाई सुरेश श्रेष्ठ र सन्तोष महराले खिचेका छन् भने प्रकाश धमलाले सम्पादन गरेका छन् ।

भिडियोः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button