स्याङ्जाका पौडी खेल्दा बेपत्ता युवा मृत फेला

पोखरा न्यूज । तनहुँको मादी नदीमा शनिबार पौडी खेल्ने क्रममा हराएर बेपत्ता भएका स्याङ्जाका युवा  आज मृत फेला परेका छन् ।

स्याङ्जा घर भइ हाल तनहुँ जिल्ला ब्यास नगरपालिका ५ मोचाबारी डेरा गरी बस्ने १८ वर्षीय रमेश बि‍क दमौली चापाघाट बोरिङ स्थित सेती नदीको किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

शनिबार दिउसो साढे १२ बजेको समयमा तनहुँ दमाैलीको मादी नदीमा पौडी खेल्ने क्रममा बि‍क हराएका थिए ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जानकारी अनुसार उनी नदीमा ट्याक्टरमा ढुङ्गा लोड गर्न गएका हुन् ।

नदीमा पौडी खेल्ने क्रममा हराए पछि प्रहरी टोलीले उनको खोजतलास गरेकाे थियाे । आज १० बजे उनकाे शव फेला परेकाे हाे ।

याे घटना बारे अनुसन्धान जारी राखेको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button