गण्डकीमुस्ताङ्शिक्षा/स्वास्थ्यसमाचार

मुस्ताङमा पहिलाेपटक एक कोरोना संक्रमितकाे मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशमा थप एक जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले आज दिएको जानकारी अनुसार मुस्ताङमा उपचारको क्रममा कोरोना संक्रमणबाट एक जना महिलाको निधन भएको छ । साे जिल्लामा पहिलाे पटक काेराेनाका कारण बिरामीकाे निधन भएकाे हाे ।

जिल्लाको घरपजोेङ गाँउपालिका–४ की ७२ वर्षीय महिलाको हिजो बेलुका अस्पतालमा निधन भएको हो । उहाँको जिल्ला अस्पतालमा उपचारका क्रममा निधन भएको निर्देशनालयको भनाइ छ ।

उहाँलाई हिजो नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्लामा जम्मा ३३ जना काेराेना संक्रमित भएका थिए । अरु सबै संक्रमितहरु निकाे भएका छन् ।

यसैगरी हिजो बेलुका पोखरामा उपचारको क्रममा दुई जना संक्रमितहरुको मृत्यु भएको थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२४ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button