गण्डकीमा थपिए २७४ कोरोना संक्रमित, ३ जनाको मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ सय १८ जनाको पिसिआर परिक्षण गर्दा ३ सय ४४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लामा कोरोना संक्रमित थपिएकाछन् । जसमध्ये सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा १ सय ६३ जना रहेकाछन् । त्यस्तै नयाँ संक्रमितमा गोरखाका ४३ जना, बाग्लुङमा २३ जना र नवलपरासी पूर्वमा १७ जना छन् । त्यसैगरी, स्याङजा र म्याग्दीका ९/९ जना , पर्वतका २ जना र लमजुङमा १ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै प्रदेशभर कुल कोरोना संक्रमितको संख्या १८ हजार ६ सय ४५ पुगेको छ ।
शुक्रबार प्रदेशभर ७२ जना कोरोना भाइरस संक्रमण मुक्त भएकाछन् । योसँगै हालसम्म गण्डकीमा कोरोना भाइसर मुक्त हुनेको संख्या १६ हजार ८ सय ८२ रहेको छ । हाल प्रदेशभर १ सय ५ सय ३९ जना कोरोना भाइरसका सक्रिय केस छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा नै तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा ६ की ८२ वर्षीया महिला, स्याङजा अर्जुनचौतारी गाउँपालिका ५ का ६२ वर्षका पुरुष र मुस्ताङकी ७२ वर्षीया महिलाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृतक सबैको उपचारका क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको बताइएको छ ।
योसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २४ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button