नेपाली कांग्रेसका प्रवक्ता शर्मालाई कोरोना संक्रमण

पोखरा न्यूज । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेता शर्माले आफूलाई संक्रमण पुष्टि भएको जानकारी आज सामाजिक संजालमार्फत दिनु भएको छ ।

शर्माले संजालमा लेख्नुभएको छः

ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं l बिहानिपख रिपोर्ट आयो-पोजेटिभ l
टेकुका डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु l डेरामै आइसोलेसनमा छु l लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ l
सबैलाई विनम्र आग्रह छ – सजग बनौं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button