म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)को रोमानियॉ शाखामा विजय

तिलु शर्मा पौडेल, दोहा कतार । विश्वभर छरिएर रहेका म्याग्देलीहरुलाई एकै सूत्र मा बाँध्ने हेतुले स्थापित म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) ले आफ्नो सञ्जाल बिस्तारलाई निरन्तरता दिएको छ । म्याग्दी जिल्लाको विकासमा तथा प्रवासमा समस्यामा परेका आफ्ना नागरिकको सेवामा अग्रणी भूमिकामा रहँदै आएको सङ्घले हालै मात्र युरोपियन देश रोमानियामा मोनाको नयाँ शाखा बिस्तार गरेको हो ।

रोमनियाको राजधानी बुचारेस्टी टिटान पार्कमा आयोजित पहिलो साधरणसभा बाट “जहाँ सङ्गठन त्यहाँ समाधान” भन्ने मूल नाराका साथ विजय कुवरको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गर्दै मोना रोमानिया गठन भएको हो ।

निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष डेनिस थापा, उपाध्यक्ष हिमाल सेरपुन्जा, महासचिव अजय कुमार श्रेष्ठ, सचिव रोन्स पुर्जा, कोषाध्यक्ष दिल प्रसाद गर्बुजा, सहकोषाध्यक्ष गोविन्द बरुवाल रहेका छन् भने सदस्यहरूमा धन तिलिजा, भबिन गुरुङ, किरण कँडेल, भगवान् जी सी, जीवन के सी, खिम ब रोका, लिल ब कर्की, मुक्त महासङ्कर, ओम पुन, याममाया घर्ती मगर, सुरज भण्डारी, तारा ब पुर्जा, चित्र मान छन्त्याल बेल बहादुर परियार रहेका छन् । सङ्घको सल्लाहकारमा मन सेरपुन्जा र कवि रोका चयन भएका छन् ।

अध्ययन तथा वैदेशिक रोजगारीको सिलसिलामा त्यहाँ पुगेका म्याग्देलीहरुको सहभागितामा उक्त सङ्घको गठन गरिएको मोना आईसिका महासचिव विक्रम कार्कीले जानकारी दिए। सङ्घठन बिस्तार अन्तर्गत नै मोना रोमानिया गठन गरिएको र थप देशहरूमा पहल भइरहेको मोना आइसिसीका युरोप संयोजक निरोज कार्कीले जानकारी दिए l आफ्नो नेतृत्वमा प्रवासमा मोनाको कान्छो बिरुवा रोपिएको बताउँदै नवनिर्वाचित अध्यक्ष कुँवरले त्यसलाई मलजल सहित हुर्काउन रोमानियॉमा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई अनुरोध गरेका छन् । कर्मभूमि तथा गृह जिल्ला मात्र नभई नेपालकै हरेक विकास तथा दुखमा मलहम लगाउन आफू सदैव प्रतिबद्ध रहेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button