बायोग्यास कोइला फ्याक्ट्रीमा आगोलागी, ७ वटा दमकल परिचालित

पोखरा न्यूज । झापा जिल्लाकाे मेचीनगर नगरपालिका १५ मिलकोटी स्थितमा रहेको बायोग्यास कोइला फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगोलागी हुँदा ठुलो क्षति भएको प्रहरीले जानकारी दिएकाे छ ।

आज बिहान ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त आगो नियन्त्रणमा ७ वटा दमकलसहित सेना, प्रहरी, स्थानियबासी परिचालित भएका छन् ।

सो आगोबाट अहिलेसम्म अन्दाजी १५ करोड बराबरको क्षति भएको फ्याक्ट्री संचालकले बताएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । उक्त आगोबाट हालसम्म मानवीय क्षति नभएको सो कार्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button