झलनाथ-माधव समूहले गऱ्यो प्रवासी नेपाली एकता मञ्च कतारको गठन, अध्यक्षमा गैह्रे

तिलु शर्मा पौडेल, दोहा कतार l नेकपाको केन्द्रमा देखिएको फुटको असर प्रवासी मञ्चहरूमा व्यापक परिरहेको छ । नेकपाको प्रवासमा रहेको भातृसंगठन प्रवासी नेपाली एकता मञ्च कतारमा समेत त्यसको प्रत्यक्ष असर देखिएको छ ।

फलस्वरूप कतारमा केपी ओली समूह र खनाल–नेपाल समूहको अलग अलग प्रवास कमिटी गठन भएका छन् l चानक पोखरेलको नेतृत्वमा रहेको प्रवासी मञ्च नै आधिकारिक हो भनेर दाबी भइरहेको समयमा माधव-खनाल समूहले आफूहरू आधिकारिक एमाले रहेको दाबी सहित मञ्चको गठन गरेका हुन l

नेपालबाट कतारमा आई रोजगारी तथा व्यवसाय गर्दै आएका प्रगतिशील, जनवादी तथा वामपन्थी बिचार धाराका व्यक्तिहरूको भेलाबाट प्रवासी नेपाली एकता मञ्च कतारको गठन गरिएको हो l नवगठित मञ्चको अध्यक्षमा रामहरि गैरे निर्विरोध निर्वाचित हुनु भएको छ। नेकपा (एमाले) प्रवास पार्टी कमिटी संयोजक तथा केन्द्रीय सदस्य श्रीप्रसाद शाहको अध्यक्षता, वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यता र उपमहासचिव घनश्याम भुसालको विशेष आतिथ्यतामा गत शुक्रवार सम्पन्न मध्यपूर्वका देशहरूमा रहेका नेपालीहरूको संयुक्त अनलाइन जुम भेलाबाट मध्यपूर्वका अन्य देशहरूको साथै कतार स्थित प्रवासी नेपाली मञ्च कतारको नेकपा एमालेको खनाल-नेपाल पक्षको आधिकारिक कमिटी गठन गरिएको हो ।

४३ सदस्यीय कमिटीका पदाधिकारीमा उपाध्यक्षहरू राम सागर मेहेता, सजनी कार्की, मेहेताव आलम, नन्द ढुङ्गाना, नारायण ढुङ्गाना, गणेश प्रसाद ढकाल, खडक बहादुर खत्री र भाइकाजी गुरुङ रहेका छन् । महासचिवमा थम कुमार गिरी, सचिवमा ज्वाला शाही र वसन्त विक, कोषाध्यक्षमा सन्तोष रेग्मी तथा सदस्यहरूमा सनहर जहान, दीपक कार्की, अमित लम्साल, प्रदीप कुमार राई, तोयानाथ पौडेल, पवन अर्याल, सुरज बुढाथोकी, मोतीलाल क्षेत्री, रामचन्द्र गिरी, रुक बहादुर रानाभाट, सफिउर रहमान मुसलमान, अब्दुल खान, पदम बहादुर रानाभाट, विनोद कटुवाल, सलाउद्धिन मुसलमान, महावुल मालिक, शेख जुकुल्ला, अरिक हुसेन, जिविलला अन्सारी, कमल असरफ, पुण्यप्रसाद विमली, अब्दुल रजिक, मदन गिरी, हेम आले, अलाउद्धिन मुसलमान, अम्जाद अन्सारी, मोहम्मद हारुन जोला, नवीन शाह, रघुनाथ शर्मा र थम नारायण रेग्मी रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button