बाग्लुङका ७१ र पोखरामा ४६ सहित गण्डकीमा थपिए २०३ संक्रमित

पोखरा न्यूज । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप २ सय ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा बाग्लुङ जिल्लामा सबैभन्दा बढी ७१ जना रहेकाछन् । त्यस्तै कास्कीको पोखरामा ४६ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार अन्य नयाँ संक्रमितमा नवलपरासी पूर्वका ३९ जना, गोरखामा २१ जना, स्याङजाका १४ जना , पर्वतका ५ जना, मनाङका ३ जना सहित लमजुङ र तनहुँका २ , २ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेशभर कुल कोरोना संक्रमितको संख्या १९ हजार ४ सय २४ पुगेका छ । त्यस्तै गएको २४ घण्टामा प्रदेशभर ६३ जना संक्रमण मुक्त भएकाछन् । हालसम्म प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १७ हजार ९ रहेको छ । हाल प्रदेशभर २१ सय ८३ जना कोरोनाका सक्रिय केस छन् ।

सोमबार प्रदेशमा मृतको संख्या शुन्य रहेको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोनाका कारण २ सय ३२ जनाको ज्यान गएको तत्थ्याकंमा उल्लेख गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button