नेपालमा ७ हजार ४४८ संक्रमित थपिए, ३७ जनाको मृत्यु

पोखरा न्यूज । पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ४४८ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ ।

यो मृत्युदर हालसम्मकै उच्च मृत्यु संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ ।

मुलुकभर आजसम्म कुल कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button