पोखराका ४५ वर्षीय संक्रमित युवकको उपचारको क्रममा निधन

पोखरा न्यूज । कोरोना संक्रमणबाट आज पोखरामा ४५ वर्षीय युवकको मृत्यु भएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिका–२९ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा निधन भएको हो ।

उहाँलाई बैशाख १८ गते संक्रमण पुष्टि भएको थियो ।

यस अघि आजै एक जना कोरोना संक्रमित पुरुषको पोखराको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

म्याग्दी जिल्लाको मंगला गाँउपालिका–६ का ७६ वर्षीय पुरुषको आज अस्पतालमा मृत्यु भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button