पोखरामा ३१० सहित गण्डकीमा थपिए ४२९ संक्रमित

पोखरा न्यूज । गएको २४ घण्टामा कास्कीमा ३ सय १० सहित गण्डकी प्रदेशमा थप ४ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ सय ३ जनाको पिसिआर परिक्षण गर्दा थप ४ सय २९ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ संक्रमित मध्ये पोखरा महानगरपालिकाका ३ सय १० जना रहेकाछन् । त्यस्तै नवलपरासी पूर्वका ५१ जना, बाग्लुङका ३३ जना, तनहुँका १६ जना, लमजुङका ८ जना, स्याङजाका ५ जना, मुस्ताङका ४ जना, पर्वत र म्याग्दीका १, १ जना रहेकाछन् । योसँगै प्रदेशभर कुल कोरोना संक्रमिमतको संख्या १९ हजार ८ सय ५३ पुगेको छ ।

मगंलबार प्रदेशमा ६३ जना कोरोना संक्रमण मुक्त भएकाछन् । हालसम्म प्रदेशभर संक्रमण मुक्त हुनेको संख्या १७ हजार ७२ रहेको छ । हाल गण्डकीमा २५ सय ४६ जना कोरोनाका सक्रिय केस छन् ।

त्यस्तै २४ घण्टामा गण्डकीमा थप ३ जनाको मृत्यु भएको छ । मंगलबार मृत्यु हुनेमा कास्की, पर्वत र म्याग्दीका रहेकाछन् । उनीहरु सबैको उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ३५ पुगेको छ ।

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये कास्कीको पोखरा कोरोना संक्रमणको रेड जोनमा परेको छ । कास्कीमा मात्रै १५ सय ७८ जना कोरोनाका सक्रिय केस छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button