गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङलाई कोरोना पुष्टी

पोखरा न्यूज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कोरोना संक्रमण पुष्टी भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि कोरोना संक्रमणको आशंकामा मंगलबार कोरोना परीक्षण भएकोमा बुधबार उहाँमा कोरोना पोजेटिभ देखिएको मुख्यमन्त्री गुरूङका प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी दिनुभयो ।

प्रेस संयोजक न्यौपानेका अनुसार कोरोना संक्रमण भएपछि उहाँ सरकारी निवास मै होम आइसोलेसनमा बस्नुभएको छ
। न्यौपाने पनि आइतबार कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आउनुभएको छ ।

यसअघि मुख्यमन्त्री गुरूङविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्तावमा छलफलको क्रममा  सांसदहरुको कोरोना परीक्षण गरिएकोमा  सांसदहरु राजीव पहारी, प्रभा कोइराला, मनकुमारी गुरुङ र खिमविक्रम शाहीलाई कोरोना संक्रमण पुष्टि भएको  थियो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button