दाइले कुटपीट गर्दा भाइको मृत्यु

पोखरा न्यूज । दाइकाे कुटपिटबाट ३६ बर्षीय भाइकाे उदयपुरमा  मृत्यु भएको छ । उदयपुर जिल्लाकाे त्रियुगा नगरपालिका-९ का ५० बर्षीय पुलकित चौधरीले कुटपिट गर्दा उनका भाइ ३६ बर्षीय खुशिलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

गत २० गते राती ८ बजेको समयमा सामान्य बिषयलाई लिएर दाजु भाइ वीच वादविवाद भइ कुटपिट हुँदा घाइते भएका खुशिलाललाई उपचारको लागी जिल्ला अस्पताल गाईघाटहुँदै थप उपचारको लागी बिराटनगरको गोल्डेन अस्पताल लगिएकाे थियाे । साे अस्पतालमा उपचार भइरहेकोमा उपचारको क्रममा बुधवार दिउँसो भाइकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनामा संग्लग्न पुलकितलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button