बढ्दो छ सङ्क्रमणको सकस दाङमा

पोखरा न्यूज । बाँकेसँग सिमाना जोडिएर पनि होला दाङ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्ररूपमा बढिरहेको छ । मृत्यु हुनेको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । बुधबारसम्म यस जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार हाराहारीमा छ । सक्रिय सङ्क्रमित थपिने क्रम हरेक दिन बढ्दो छ । त्यस्तै यस जिल्लामा कोरोना भाइरसको सङक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९७ पुगेको छ ।

यहाँका चिकित्सकहरु भन्छन्– यसपटकको कोरोना भाइरस गतवर्षको भन्दा कडा खालको देखिएको छ र यसले तत्कालै तथा गम्भीर रुपमा असर गर्ने गर्दछ । उनीहरुले भनेअनुसार यो भाइरसले अन्य रोग भएका सङ्क्रमितलाई निकै सताउने गरेको छ । सङ्क्रमण भएको १४ दिनमा लक्षणहरु विस्तारै घट्दै जानुपर्ने भनिए पनि यहाँका कतिपय सङ्क्रमितहरुले त्योभन्दा पनि लामो समयसम्म सास फेर्न गाह्रो हुने, खोकी लागिरहने भइरहेको बताएका छन् ।

त्यसो त यहाँ कोरोनालाई जित्नेहरु पनि बढ्दै छन् । दोस्रो चरणमा सङ्क्रमित भएकाहरुमध्ये धेरैजना कोरोना जितेर घर फर्किसकेका छन् । मङ्गलबार मात्रै यस जिल्लाका १९६ जनाले कोरोना जितेका छन् । उनीहरुले अवस्था सामान्य रहेको बताएका छन् ।

जिल्लामा कोरोना विशेष अस्पताल बेलझुण्डी छ । प्रदेश सरकारले साबिक राप्ती अञ्चलका सङ्क्रमितलाई राख्नका लागि भन्दै बेलझुण्डीमा कोरोना विशेष अस्पताल निर्माण ग¥यो । त्यो नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको आयुर्वेद शिक्षण अस्पतालको भवन हो ।

अहिले दोस्रो चरणका रुपमा देखिएको सङ्क्रमण अघिल्लो वर्षको भन्दा तीव्र रुपमा फैलिएको छ । केही समय त विश्वविद्यालयले भवन छोड्न नमानेपछि शय्या (बेड) थप गर्न समस्या भयो । त्यतिबेलासम्म तल्लो तलामै अस्पताल सञ्चालन थियो, माथिल्लो तलामा विएएमएसका विद्यार्थीहरुको कक्षा चल्थ्यो ।

जब बन्दाबन्दी भयो त्यसपछि भने विश्वविद्यालयले माथिल्ला दुईवटा तलालाई पनि अस्पताल विस्तार गर्न दिने सहमति भयो र चावी हस्तान्तरण गरेपछि बेड सङ्ख्या पनि थप भयो । अस्पतालका व्यवस्थापक द्रोण ओली भन्नुहुन्छ ‘‘अहिले बेड सङ्ख्या ४२ हो, तर हामीले ५९ जनासम्म विरामी राखेर उपचार गरिरहेका छौँ ।”

अस्पतालमा शय्या थप्नुभन्दा पनि बेडमा राखिएका सङ्क्रमित अनुसार अक्सिजन पु¥याउन सकस छ । गएको आइतबार बेलझुण्डी अस्पतालमा तुलसीपुर उपमहानगरपालिका वडा नं ९ निवासी ४८ वर्षीय सङ्क्रमितको अक्सिजन नपाएरै मृत्यु भयो ।

दैनिक करिब पाँचसय सिलिण्डर अक्सिजन भएमा एकसय विरामीलाई सेवा दिन सक्न्छि तर अस्पतालमा अक्सिजन पर्याप्त छैन । करिब दुई सयको हाराहारीमा मात्रै अक्सिजन छ । त्यसले विरामीलाई पु¥याउनै सकस हुन्छ । जिल्लाको घोराहीमा दैनिक दुई हजार सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको उद्योगको छ । तर विद्युत् आपूर्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन ।

उता तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा भएको अक्सिजन प्लान्ट विग्रिएको तीन महिना भयो, मर्मत गर्नेतर्फ कसैको ध्यान गएको छैन । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा विनोद सिंह भन्नुहुन्छ ‘‘मेसिन काठमाडौँ आइपुगेको छ, केही दिनमा तुलसीपुर आउछ ।” अहिले नेपालगञ्जबाट अक्सिजनको आपूर्ति भइरहेको छ ।

जिल्लामा अक्सिजन उत्पादन गर्ने उद्योग तथा प्लान्टहरु सञ्चालनमा नआउँदा द्रोण ओली, पदमप्रसाद पोखरेलहरु अहिले तड्पिरहेको देखिन्छ । ओली बेलझुण्डी अस्पतालका व्यवस्थापक हुनुहुन्छ । सङक्रमतिलाई बचाउने जिम्मेवारीमा उहाँ हुनुहुन्छ । ओली आफै पनि यसअघि कोरोना सङ्क्रमित हुनुभएको थियो तर पनि सङ्क्रमितकै हेरचाह गर्ने गर्नुहुन्थ्यो । उहाँ अहिले पनि सङ्क्रमितकै हेरचाहमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘‘अक्सिजन आपूर्ति सहज भएमा सबै सहज हुन्थ्यो ।”

तुलसीपुर निवासी पदमप्रसाद पोखरेल पनि अहिले अक्सिजनको जोहो गर्ने काममा लाग्नुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले उहाँलाई अक्सिजन र शव व्यवस्थापनको जिम्मा दिएको छ ।

यो वर्ष लागेदेखि नै उहाँहरुलाई दिन र रात भन्ने नै छैन । विहान झिसमिसेदेखि साँझसम्म उहाँहरु यही व्यवस्थापनमा हुनुहुन्छ । बिहानैदेखि उहाँहरुलाई फोन आउन शुरु हुन्छ र सबैको यही एउटै प्रश्न हुन्छ ‘अक्सिजन चाहियो, छ की छैन् ?’ त्यसपछि आवश्यकताअनुसा उहाँले साथीहरुलाई अनुरोध गर्नुहुन्छ र अक्सिजन बोकेर घरमै पुग्नुहुन्छ ।

तुलसीपुर उपमहानगरपालिकाभित्र ‘होम आइसोलेसन’ मा बसेका प्रत्येकलाई अक्सिजन पु¥याउने जिम्मा पदमलाई नै छ । “उपमहागरपालिकाले यसको सम्पूर्ण जिम्मा मलाई दिएको छ”, उहाँले भन्नुभयो “त्यसैले अहिले घर–घरमा अक्सिजन लिएर दौडिरहेका छु” उहाँले व्यवसायीसँग भएका सम्पूर्ण अक्सिजन सिलिण्डहरु सङ्कलन गर्नुभएको छ र तिनै अक्सिजन जुन संक्रमितलाई आवश्यक पर्छ उनीहरुलाई नै प्रदान गर्दै आउनुभएको छ ।

फोन आउने वित्तिकै स्वास्थ्यकर्मीसहित घर–घरमै पुग्छन्, र आवश्यक हो भने अक्सिजन प्रदान गर्छन् यदि आवश्यक होइन भने सल्लाह सुझाव दिएर फर्किन्छन् । “अहिले धेरैजना सङ्क्रमितले फोन गर्नुहुन्छ र पछि गाह्रो हुनसक्छ, त्यसैले अक्सिजन दिनुस् भनेर अनुरोध पनि गर्नुहुन्छ”, पदम भन्नुहुन्छ “हामीले अतिआवश्यक पर्नेहरुलाई मात्रै दिने गरेका छौँ, यदि गाह्रो भयो भने भन्नुहोला जति बेला पनि हामी हाजिर हुन्छौँ ।”

अक्सिजनका सिलिण्डर निःशुल्क रुपमा घरमा पु¥याउने गरिएको छ । अहिले उपमहानगरपालिकासँग ३०÷३५ वटा अक्सिजन सिलिण्डर छन् । उपमहानगरपालिकासँग यसअघि ६०÷६५ वटा सिलिण्डर भएपनि बेलझुण्डी अस्पतालले माग गरेपछि त्यहाँ प्रदान गरिएको हो । अझै पनि तुलसीपुरमा कहाँ–कहाँ अक्सिजनका सिलिण्डर हुन सक्छन्, ती व्यवसायीहरुको पहिचान गरी सिलिण्डर सङ्कलन गर्ने गरी उपमहानगरपालिकाले तयारी थालेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button