पोखरामा २१४ सहित प्रदेशमा ४३३ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्कीमा २२१ सहित गण्डकी प्रदेशमा ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गण्डकीका ११ जिल्लामा मध्ये स्याङजा र मनाङबाहेक अरु सबैमा संक्रमितहरु देखिएका छन् ।

पोखरामा २१४ जना सहित कास्कीमा २२१ जनामा, नवलपरासी पूर्वमा ४१ जनामा, जनामा, बाग्लुङमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी तनहुँमा २९ जनामा, लमजुङमा २७ जनामा, गोरखामा ३ जनामा, पर्वतमा ८ जनामा, म्याग्दीमा ३२ जनामा र मुस्ताङमा १४ जनामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा पछिल्लो २४ भण्टामा ४ जनाको उपचारका क्रममा निधन समेत भएको छ । कोरोना संक्रमणबाट प्रदेशमा हालसम्म निधन हुनेको संख्या २४१ पुगेको निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९४७ जनाको परिक्षण गरिएकोमा ५१४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी आज १४३ जना निको हुनुभएको छ भने २ हजार ८०४ जना होम आइसोलेशनमा रहनुभएको छ ।

हालसम्म प्रदेशमा १ लाख ४९ हजार ५५७ जनाको परिक्षण गरिएको छ । हालसम्म प्रदेशमा संक्रमितको संख्या २० हजार ८६० पुगेको छ । परिक्षण गरिएका मध्ये १ लाख २८ हजार ६९७ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । त्यसैगरी १७ हजार ३०२ जना संक्रमणबाट निको हुनुभएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१७ रहेको निर्देशनालयले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button