
पोखरा न्यूज । कोभिड-१९ संक्रमित व्यक्तिलाई आवश्यक पर्ने रेम्डेशिभिर औषधीको कालो बजारी गर्ने गाेरखाका एक युवक आज प्रहरीकाे नियन्त्रणमा परेका छन् । उनीसँग औषधी कालाेबजारीमा मिलाेमताे गर्ने फार्मेसीका साहु भने छन् ।

जिल्ला गोरखा आरुघाट गा.पा.वडा नं.-४ स्थायी घर भई हाल जिल्ला काठमाण्डौं टोखा बस्ने बर्ष-२५ को रफिक मियालाई नियन्त्रणमा लिइएकाे प्रहरीले जानकारी दिएकाे छ ।
कोभिड-१९ संक्रमित व्यक्तिलाई आवश्यक पर्ने रेम्डेशिभिर औषधीको कालो बजारी भैरहेको छ भन्ने सुचनाका आधारमा प्रहरीले खोज तलास गरेकाे थियाे । साे क्रममाा रेम्डेशिभिरको ६ थानको मुल्य करिब ३० हजार पर्नेमा रु.१ लाख २० हजारमा बिक्रि वितरण गर्ने भनि बार्गेनिङ गरी उक्त औषधी सहित काठमाण्डाैकाे बसुन्धरामा बिक्री वितरण गर्न आएका बेला उनी प्रहरीकाे नियन्त्रणमा परेका हुन् ।

६ थान औषधीसहित महानगरीय अपराध महाशाखा मिनभबनको प्रहरी टोलीले नियन्त्रणमा लिएकाे हाे । उनले काठमाण्डाै महाराजगंजस्थित निलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दिपक ढकालसँगको मिलेमतोमा उक्त औषधी ल्याएको खुल्न आएको छ । फर्माका ढकाल फरार रहेकोले उक्त फर्मा सिल गरी थप अनुसन्धान तथा खोजतलास भईरहेको प्रहरीले जनाएकाे छ।
याे औषधी बाहिर बजारमा सजिलै उपलब्ध नहुने, कोभिड-१९ उपचारको लागि तोकिएका अस्पतालहरुलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालय मार्फत उपलब्ध गराउने गरेको छ । उक्त औषधी के कसरी औषधी पसलसम्म पुर्याईयो तथा यस प्रकरणमा अन्य क-कस्को संलग्नता र मिलेमतो छ भन्ने विषयमा समेत थप अनुसन्धान भईरहेको प्रहरीले बताएकाे छ ।





