
पोखरा न्यूज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता शंकर पोखरेलले कुण्ठा र प्रतिशोध पार्टी एकताका लागि वाधक रहेको बताउनु भएको छ ।
सत्तारुढ एमालेमा शीर्ष नेताहरुवीचको विवाद मिलाउनका लागि विभिन्न तहमा हिजो र आज भेटघाट भइरहेको सन्दर्भमा नेता पोखरेलको त्यस्तो धारणा सार्वजनिक भएको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिने पोखरेलले जोसँग जति दुर्गुण छन् ती हटाउन तयार हुनुपर्ने समेत बताउनु भएको छ ।
आज शुक्रबार दिउसो सामाजिक संजालमार्फत उहाँले यस्तो बताउनु भएको हो ।
उहाँको सन्देश यस्तो छः
कुण्ठा, प्रतिसोध, जडता र अराजकता पार्टीको एकता र प्रगतिको वाधक पक्ष हुन् । जोसंग जति मात्रामा ती दुर्गुण छन् हटाउन तयार हुनुपर्छ ।





