५२ संक्रमित थपिए नवलपरासी पूर्वमा

पोखरा न्यूज । गण्डकी प्रदेशको जिल्ला नवलपरासी पूर्वमा पछिल्लाे २४ घण्टामा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मध्यविन्दु अस्पताल नवलपरासी पूर्वमा गरिएको परिक्षणमा थप ५२ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै नवलपरासी जिल्लामा कुल कोरोना संक्रमितको संख्या २ हजार ७ सय ८३ पुगेको छ ।

हालसम्म जिल्लाभर २ हजार ४ सय २५ जना कोरोना संक्रमण मुक्त भएकाछन् भने जिल्लामा कोरोनाबाट २२ जनाको ज्यान गएको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button