प्रधानमन्त्री ओलीकाे पिसिआर परीक्षणका लागि स्वाव संकलन

पोखरा न्यूज । प्रधानमन्त्री केपी शर्मा ओलीकाे पिसिआर परीक्षणका लागि आज बालुवाटारमा स्वाव संकलन गरिएकाे छ ।

प्रधानमन्त्रीकाे निजी सचिवालयका अनुसार बालुवाटारमा ओलीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीकाे स्वाव संकलन गरिएकाे हाे ।

यही वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा कोरोना पिसिआर परीक्षण गरिएकाे हाे । सभामुखसहित प्रतिनिधि सभाका सदस्यहरुकाे हिजाे र अस्ति परिक्षण गरिएकाे थियाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विशेष अधिवशेन वैशाख २७ गतेका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपति  भण्डारीले सरकारकाे सिफारिशमा अधिवेशन आह्वान गर्नुभएको हो ।

नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम ‘प्रधानमन्त्रीले आफूमाथि विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले सोही प्रयोजनका लागि’ सो दिन अपराह्न १ बजे अधिवेशन आह्वान गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button