४७ संक्रमित थपिए बागलुङमा

पोखरा न्यूज । गण्डकी प्रदेशको बागलुङ जिल्लामा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा धौलागिरी अस्पताल बागलुङमा गरिएको परिक्षणमा थप ५३ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै बाग्लुङ जिल्लामा कुल कोरोना संक्रमितको संख्या १ हजार ४ सय ९६ पुगेको छ । हालसम्म जिल्लाभर १ हजार १ सय ५८ जना कोरोना संक्रमण मुक्त भएकाछन् भने जिल्लामा कोरोनाबाट ९ जनाको ज्यान गएको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button