प्रहरीले अक्सिजन सिलिन्डर संकलन गरी बुझायाे अस्पतालहरुलाई

पोखरा न्यूज । अक्सिजन सिलिन्डरको अभाव देखिएपश्चात विभिन्न स्थानमा प्रयोग विहीन रहेका १ सय ५९ थान अक्सिजन सिलिण्डरहरु महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाइमा संकलन गरिएको छ ।

संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डिसिसिएमसीको बैठकबाट निर्णय गराई तत्काल अति आवश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० थान, किस्ट मेडिकल कलेज इमाडोललाई ३० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पताल जावलकेललाई १५ थान अक्सिजन सिलिण्डर विरामीहरुको प्रयोजनका लागि बुझाइएको प्रहरीले जानकारी दिएकाे छ ।

ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, प्रहरी उपरीक्षक प्रज्वल महर्जन, राष्ट्रिय अनुसन्धान बिभाग ललितपुरका प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख र घरेलु तथा साना उद्योग बिभागको समेतको टोलीले जिल्लामा रहेका अक्सिजन प्लान्टहरुको अनुगमन समेत गरेको छ ।

स्टक एवं डम्प भइ बसेका सिलिन्डरको खोजी कार्यमा प्रहरीले तिव्रता ल्याउनुका साथै आमनागरिकमा यस सम्बन्धी जानकारी भएमा नजिकको अस्पताल वा महानगरीय प्रहरी परिसर ललितपुरमा समन्वय गरी उपलब्ध गराइदिनुहुन साे कार्यालयले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button