पोखरामा उपचाररत थप ३ जनाको कोरोनबाट मृत्यु

पोखरा न्यूज । पोखरामा उपचाररत थप ३ जना कोरोनाका विरामीको आज मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले दिएको जानकारी अनुसार मृत्यु हुनेमा म्याग्दी, रुपन्देही र दाङ जिल्लाका रहेका छन् ।

म्याग्दीको बेनी गाउँपालिका २ का ७३ वर्षीय पुरुषको आज दिउसो मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै रुपन्देही उपमहानगरपालिका बुटवलका ३२ वर्षका युवाको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको छ भने अर्का दाङको लमही ५ का ४४ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यसअघि आज नै पोखरामा ४ जना संक्रमितको मृत्यु भएको छ। योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ४८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button