कोभिड वार्डका नाममा बेडकाे साँढे १८ हजार रुपैयाँ असुल?

पोखरा न्यूज । स्टार अस्पतालले कोभिड वार्डका नाममा साँघुरो कोठामा ८/८ जना बिरामी राखेर बेडकाे साँढे १८ हजार रुपैयाँ असुलेकाे भन्दै सर्वसाधरणले सराेकारवाला निकायकाे ध्याकर्षण गराएका छन् । स्टार अस्पताल ललितपुरमा छ ।

यसरी रकम असुल्दा नि ललितपुर जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य मन्त्रालयले किन आँखा चिम्लिरहेको छ? भन्दै काठमाण्डाै‌का पत्रकार विदुर गिरीले प्रश्न गर्नुभएकाे हाे ।

पत्रकार गिरीले आज सामाजिक संजालमा यसबारे प्रशासनको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले यस्ताे लेख्नुभएकाे छः

स्टार अस्पतालले कोभिड वार्डका नाममा साँघुरो कोठामा ८/८ जना बिरामि राखी औषधि, खाना, खाजा, रक्त परिक्षण, एक्सरेलगायतका परिक्षण बाहेक नै केवल शैयाकै दैनिक साँढे १८ हजार रुपियाँ र डक्टर राउण्डको ४ हजार रुपियाँ असुल्दा पनि ललितपुर जिल्ला प्रशासन कार्यालय किन मौन बसिरहेको छ! स्वास्थ्य मन्त्रालयले किन आँखा चिम्लीरहेको छ?

यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौँ उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गरेको जनाएकाे छ । विभागले बिहीबार औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका सात ठूला अस्पतालकोे अनुगमन गरेको हो ।

विभागका अनुसार अस्पतालमा उपलब्ध सेवा, शुल्कसमेतका बारेमा केन्द्रित भई अनुगमन गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार मीनभवनमा रहेको सिभिल अस्पताल, चावहिलमा रहेको ओम अस्पताल र मेडिकेयर, सिनामङ्गलमा रहेको काठमाडौँ मेडिकल कलेज (केएमसी), सुकेधारामा रहेको ह्याम्स, टोखामा रहेको ग्रान्डी र मेट्रो अस्पतालमा अनुगमन गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button