नेपालमा थपिए ९१९६ संक्रमित, ५० जनाको मृत्यु

पोखरा न्यूज । गएको २४ घण्टामा नेपालमा ९ हजार १ सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मुलुक भर २० हजार ४ सय ८२ जनाको कोरोना परिक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ७ सय ३ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा २९ सय ५ जना कोरोना संक्रमण मुक्त भएकाछन् ।

यो कोरोना संक्रमणबाट निको हुनेको दर ७८ दशमलब २ प्रतिशत हो । त्यस्तै मुलुकभर थप ५० जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म देशभर ३५ सय ७९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

हाल ३ सय ८० जना क्वारेन्टीनमा रहेकाछन् भने ७८ हजार ६ सय २९ जना आइसोलेसना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button