कोरोनाबाट पोखरामा उपचाररत थप ६ जनाको मृत्यु

मणिपालमा ४ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा २ जनाले ज्यान गुमाए

पोखरा न्यूज ।  पोखरामा उपचाररत थप छ जना कोरोना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार पुष्टि गरेको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार  कोरोना संक्रमण पुष्टि भइ पोखराका बिभिन्न अस्पतालमा उपचाररत  पोखरा, तनहुँ, पर्वत, म्याग्दी, रुपन्देही र दाङ जिल्लाका ४ पुरुष तथा २ महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

पोखराको मणिपाल शिक्षण अस्पताल  पोखरामा उपचाररत  म्याग्दीको बेनी गाउँपालिका २ का ७३ वर्षीय पुरुषको शुक्रबार दिउसो मृत्यु भएको निर्देशनालयले जनाएको छ । उहाँमा बैशाख २० गते कोरोना पुष्टि भएको थियो ।

त्यस्तै बैशाख २२ गते कोरोना संक्रमण उपचाररत  पोखरा महानगरपालिका–२५ का ६५ वर्षीय पुरुषको बिहीबार दिउसो, बिहीबार नै कोरोना पुष्टि भएकी  तनहुँ  व्यास नगरपालिका–१ की ६० वषीया संक्रमित महिलाको  बेलुका ६:५० बजे तथा २३ गते कोरोना संक्रमण पुष्टि भएकी दाङ लमही ५ की  ४४ वर्षीया महिलाको शुक्रबार बिहान मणिपालमा उपचारको क्रममा  निधन भएको  निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार  बैशाख १३ गते संक्रमण पुष्टि भएका पर्वत  कुश्मा –९का ५३ वर्षीय पुरुष तथा बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएका  रुपन्देही बुटवलका ३२ वर्षका युवाको बिहीबार दिउसो स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै बिहीबार कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेका  पर्वतको जलजला गाँउपालिका–३ का ६३ वर्षीय पुरुषको बिहीबार नै मृत्यु भएको  निर्देशनालयले जानकारी दिएको छ ।

योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ४८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button