भ्रष्टाचारको आरोपमा कतारका अर्थमन्त्री पक्राउ

तिलु शर्मा पौडेल, दोहा कतार । भ्रष्टाचारको आरोपमा कतारका अर्थमन्त्री अलि शरिफ अल–इमादी पक्राउ परेका छन्। उनलाई शक्तिको दुरुपयोग गरेको आरोपमा महान्यायाधिवक्ता कार्यालयले जारी गरेको पक्राउ पुर्जीका आधारमा सोधपुछका लागि बिहीबार पक्राउ गरिएको हो ।

इमादी विरुद्ध वित्तीय घोटाला तथा गमन र सार्वजनिक खरिद ऐनको दुरुपयोग गरेको आरोप लगाइएको छ। कतार सरकारले सार्वजनिक गरेको विज्ञप्तिमा उनी विरुद्ध छानबिन अगाडि बढिरहेको बताइएको छ।

अलिले कतारमाथि छिमेकी राष्ट्रले लगाएको नाकाबन्दीको डटेर सामना गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button