नेपाली काँग्रेसले स्याङ्जा पार्टी कार्यालय आइसोलेसन कक्ष बनाउन दिने

पोखरा न्यूज ।  नेपाली काँग्रेस स्याङ्जाले आइसोलेसन कक्ष बनाउन आवश्यक परेमा पार्टी कार्यालय दिने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि आइसोलेसन वा कोभिड अस्पताल बनाउन पार्टी कार्यालय प्रयोग गर्न दिने निर्णय भएको कांग्रेस कार्यबाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले जानकारी दिनुभयो ।

“स्याङ्जामा पनि कोरोना सङ्क्रमितको दर बढेकाले अस्पतालमा शय्या अभाव हुन सक्छ”, उहाँले भन्नुभयो, “बिरामीलाई राखेर उपचार गर्न ठाउँ अभाव भएमा पार्टी कार्यालयलाई आइसोलेसन वा कोभिड अस्पतालकारुपमा प्रयोग गर्न भवन उपलब्ध गराउने निर्णय गरेका हौं ।”

स्याङ्जा सदरमुकामस्थित अभियानपथमा रहेको भवनमा स्थानीय, प्रदेश, केन्द्रीय सरकार वा अन्य कुनै पनि गैह्रनाफामुखी संस्थाले आइसोलेसन कक्षकारुपमा प्रयोग गर्न चाहेमा तत्काल दिने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button