रुखले किचेर ५५ बर्षीय लक्ष्मणकाे मृत्यु

पाेखरा न्यूज । रुखले किचेर एक जना ५५ बर्षीय पुरुषकाे सुनसरीमा निधन भएकाे छ ।

सुनसरीको इटहरी १७ टिकुलियाका ५५ बर्षीय लक्ष्मण चौधरीको रुखले किचेर मृत्यु भएको हाे ।

शुक्रबार दिउसो साढे १२ बजे आफ्नो घर नजिकै गोरु चराउने क्रममा हावाहुरीको कारण कदमको रुख ढलेर किचेपछि गम्भिर घाइते भएका चौधरीको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा दिनको साढे २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button