
पाेखरा न्यूज । आफ्नै घर नजिककाे भिरबाट खसेर ४२ बर्षीय एक पुरुषकाे उदयपुरमा निधन भएकाे छ ।
उदयपुर कटारी नगरपालिका ११ चिलाउने का ४२ बर्षीय हर्क बहादुर तामाङको भिरबाट लडेर मृत्यु भएको हाे ।
शुक्रबार दिनको साढे ११ बजे बेतेनीबाट घर फर्किने क्रममा सोही स्थानको आफ्नै घरभन्दा माथिको भिरबाट अन्दाजी ५०० मिटर तल खसि मृत्यु भएको जानकारी पाए लगतै प्रहरी चौकी बेतेनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।





