बागलुङमा ३५ जनासहित गण्डकीमा थपिए ८२ संक्रमित

पाेखरा ‌न्यूज । बागलुङमा ३५ जनासहित गण्डकी प्रदेश प्रदेशमा पछिल्लाे २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार प्रदेशका ३ जिल्लामा नयाँ संक्रमित थपिएकाछन् ।

जसमध्ये नवलपरासी पूर्वमा ४५ जना, बागलुङमा ३५ जना र पर्वतमा २ जना रहेकाछन् ।

योसँगै प्रदेशभर कुल कोरोना संक्रमितको संख्या २२ हजार ३ सय ३८ पुगेको छ ।

त्यस्तै आज नै प्रदेशमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेका कास्की पोखराका २ जना र पर्वतका १ जना हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट हालसम्म २ सय ५१ जनाले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button