बाघको आक्रमणबाट ३३ वर्षीय उमेश घाइते

पाेखरा न्यूज । बाघको आक्रमणबाट पूर्वी चितवनको राप्ती नगरपालिकामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६ का ३३ वर्षीय उमेश राई रहेका छन् ।

उनलाई बाघले यही वैशाख २४ गते भैँसी चराउने क्रममा प्यारीढाप भन्ने स्थानमा आक्रमण गरेको थियो ।

आक्रमणबाट घाइते भएका राईलाई राति १०ः२५ बजे पुरानो मेडिकल कलेजमा ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते राईको अवस्था मध्यम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button