पोखरामा थप १६१ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । कास्कीको पोखरामा पछिल्लो २४ घण्टामा १ सय ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

लाइफ केयर एण्ड डाइनोष्टिक प्रालि पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका विभिन्न वडामा थप १ सय ६१ जनामा संक्रमण पुष्टि भएको  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरामा गएका केही दिन यता संक्रमण दर तिव्र रुपमा फैलिएको छ । हिजो शुक्रबार मात्रै पोखरामा ८ सय ३८ सहित कास्कीमा थप ८ सय ५६ जनामा संक्रमण पुष्टि भएको थियो ।

योसँगै कास्कीमा कुल कोरोना संक्रमितको संख्या १ हजार ९७६ पुगेको छ । कास्कीमा हालसम्म ८ हजार ९४९ जनाले कोरोना भाइरस संक्रमण जितेका छन् । जिल्लाभर हालसम्म १ सय ३९ जनाको कोरोनाबाट ज्यान गएको छ ।

हेर्नुहोस नयाँ संक्रमितको विवरण :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button