गण्डकीमा थपिए २४७ संक्रमित, १६३ जना निको भए

पाेखरा न्यूज । गण्डकी प्रदेशमा थप २ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ सय एक जनाको पिसिआर परिक्षण गर्दा २ सय २७ जनाको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ संक्रमितमा कास्कीको पोखरा महानगरपालिकामा १ सय ६१ जना , नवलपरासी पूर्वमा ४५ जना रहेका छन् । त्यस्तै बागलुङका ३६ जना, तनहुँका १८ जना, पर्वत र म्याग्दीका ५, ५ जना छन् भने स्याङजाका ३ जना र गोरखाका १ जना छन् ।

योसँगै प्रदेशभर कुल कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ३० पुगेको छ । गएको २४ घण्टामा १ सय ६३ जना कोरोना भाइरस संक्रमण मुक्त भएकाछन् । योसँगै हालसम्म कोरोना जित्नेको संख्या १७ हजार ५ सय ५१ रहेको छ । हाल प्रदेशमा ४ हजार ७२८ कोरोनाका सक्रिय केस छन् ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखराका २ जना र पर्वतका एक जना रहेकाछन् । हालसम्म गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको निर्देशनालयले जनाएको छ ।

हालसम्म प्रदेशमा १ लाख ५२ हजार ३९७ जनाको पिसिआर परिक्षण गरिएको छ । हाल प्रदेशमा ४ हजार ५९७ जना होम आइसोलेसनमा छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button