‘माधव नेपालकाे तुलना बादलसँग हुँदैन‍‍‍‍ भने जसरी बादलकाे तुलना खिमलालसँग हुनै सक्तैन’

पाेखरा न्यूज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता  माधव कुमार नेपालकाे अर्का नेता गृहमन्त्री रामबहादुर थापा बादलसँग तुलना हुन नसक्ने प्रतिक्रिया दिनुभएकाे छ ।

पूर्वप्रधानमन्त्री नेपालकाे गृहमन्त्रीसँग तुलना हुन नसके जसरी बादलकाे पनि  डा खिमलाल देवकाेटासँग तुलना हुनै नसक्ने पाेखरेलले बताउनुभएकाे छ ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा एमालेका बादल र विपक्षी गठबन्धनका देवकाेटावीच प्रतिष्पर्धा हुन लागेकाे छ । वागमती प्रदेशमा रिक्त एक सिटको लागि आगामी जेठ ६ गते उपनिर्वाचन हुने कार्यक्रम छ ।

आज एमाले तथा प्रदेशका मुख्यमन्त्री नेता पाेखरेलले सामाजिक संजालमा यस्ताे उल्लेख गर्नुभएकाे छ । “जसरी माधव कमरेडको तुलना वादल कमरेडसंग हुदैन भनेर हामी भन्छौ, त्यसरी नै वादल कमरेडको तुलना खिमलाल देवकोटासंग हुनै सक्तैन । मनन गरौ।”

एमाले नेता पाेखरेलले साेही उपनिर्वाचनकाे सन्दर्भमा प्रतिक्रिया दिनुभएकाे हाे । उपनिर्वाचनमा पराजित हुन सक्ने भन्दै गृहमन्त्री बादल एमालेबाट उम्मेदवार बन्न नचाहेकाे कुरा सामाजिक संजालहरुमा चर्चाकाे विषय बनेकाे थियाे ।

उपनिर्वाचनकाे कार्यतालिका अनुसार हिजाे एमालेबाट गृहमन्त्री बादलले उम्मेदवारी दर्ता गर्नुभएकाे थियाे । त्यसैगरी विपक्षी गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल–नेपाल समूह र जनता समाज पार्टी)बाट देवकोटाकाे उम्मेदवारी परेकाे छ। नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले  पनि हिजाे मनोनयनपत्र दर्ता गराउनुभएको थियाे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button