नेपालमा थप ८ हजार ४१८ जनामा कोरोना पुष्टि, ५३ को मृत्यु

पोखरा न्यूज । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १८ हजार ३ सय ४ जनाको नमुना परिक्षण गरिएकोमा थप ८ हजार ४१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै मुलुकभर कुल कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।
गएको २४ घण्टामा ३ हजार ३७० जना कोरोना संक्रमण मुक्त भएकाछन् । यो कोरोना संक्रमणबाट मुक्त हुने दर ७७.४ प्रतिशत हो । हालसम्म नेपालका २ लाख ९८ हजार ७६५ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ५३ जनाको ज्यान गएको छ । योसँगै ३६ सय ३२ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

हाल ३ सय ९८ क्वारेन्टीनमा रहेकाछन् । त्स्तै ८३ हजार ४९३ जना आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button