कारागारमा कैदी मृत भेटिए

पोखरा न्यूज । बेलुका खाना खाएर सुतेका एक कैदी दाङको तुलसीपुरस्थित कारागारमा मृत फेला परेका छन् । कारागारका नायब सुुब्बा जोखिम ओलीका अनुसार कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सल्यान कपुरकोट गाउँपालिका–३ निवासी ४६ वर्षीय खड्क बुढाथोकी मृत फेला परेका हुन् ।

बेलुका खाना खाएर सुतेका उनी आज बिहान हेर्दा मृतावस्थामा रहेको ओलीले बताउनुभयो । “बेलुका खाना खाएर सुत्नुभएको थियो, त्यसपछि राति एकपटक उठेर शौचालय गएको र त्यतिबेला ड्युटीमा खटिएका व्यक्तिले सोध्दा गर्मी महसुस भएको भन्नुभएको थियो”, ओेलीले भन्नुभयो, “बिहान उठ्दा मृत फेला पर्नुभयो ।”

शवलाई कारागारमा राखिएको छ । सल्यानबाट आफन्त आउन लागेको भन्दै उनीहरु आएपछि मात्रै आफन्तलाई देखाएर शवपरीक्षण गर्न लैजाने ओलीले बताउनुभयो । उनले विसं २०६८ असार ११ गतेदेखि कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button