गोलभेडाले बजार पाएन, बारी मै कुहिन थाले

पाेखरा न्यूज सम्वाददाता । बन्दा बन्दीका कारणले उत्पादन भएका गोलभेँडा बिक्रि नहुदा बारी मै कुहिन थालेका छन् ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा निषेधाज्ञा जारी भएपछि किसानले लगाएको गोलभेडा खेतमै कुहिएको हो । सवारीसाधन संञ्चालन नभएपछि बारीमा गोलभेडा लिन पुग्ने व्यवसायी र खुद्रा ग्राहक पनि नआउँदा किसान मर्कामा परेका छन् । कृषि क्रान्ति गर्ने सरकारले कृषिजन्य उत्पादन ढुवानीका सवारीसाधनलाई निर्वाध चल्न दिने बताए पनि व्यवहारमा त्यसो हुन नसेपछि किसानले लगाएको तरकारी बारीमा नै कुहिने गरेका हुन् ।

उत्पादित तरकारी बजारसम्म लैजान नसक्दा किसानहरु दोहोरो मारमा परेका छन् । दैनिक गुजाराका लागि हुने आम्दानी पनि रोकिएको छ भने बैकबाट लिएको ऋणको व्याज पनि तिर्न नसक्ने अवस्था श्रृजना भएको छ । बैजानाथ गाँउपालिका फत्तेपुरका किसान बिनोद भुषालले उत्पादन गरेको गोलभेँडा बिक्रि नहुँदा ११ लाख रुपैया बराबरको घाटा लागेको बताउनुभयो । गोलभेँडा बिक्रि गर्ने समयमा जिल्लामा निषेधाज्ञा जारी भएपछि आफ्नो सम्पुर्ण लगानी डुबेको किसान भुषालले बताउनुभएकाे छ । भुषालले कृषि विकास बैँकबाट ५ लाख रुपैया ऋण लिएर १० कट्ठा जमिनमा तरकारी खेती शुरु गर्नुभएकाे हाे ।

भुषालको तरकारी खेती छेउमै चन्द्रा चौधरीले खेती गर्नुभएकाे छ । चौधरी आफै पनि गाँउको अगुवा किसान मध्ये एक हुनुहुन्छ । चौधरीले माछा, बंगुर र तरकारी खेती समेत गर्दै आउनुभएकाे छ । उहाँ घर घरका मानिसहरु व्यवसायिक तरकारी खेतीमा लागेको भएपनि बजार व्यवस्थापन हुन नसक्दा समस्या भएको बताउँनुहुन्छ ।

व्यवसायिक तरकारी खेतीका लागि विधिवत् फर्म दर्ता गराएका अधिकांश किसानले सरकारबाट सहयोग नपाएको गुनासो गर्ने गरेका छन् । बल्लतल्ल ऋण गरेर लगानी गरेर उत्पादन भएको तरकारीको सरकारले बजार प्रबन्ध गरिदिनुपर्ने माग उनीहरुले गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button