बाग्लुङमा २० र मुस्ताङमा १ मा कोरोना संक्रमण

पोखरा न्यूज । गण्डकी प्रदेशका २ जिल्लामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाग्लुङमा २० र मुस्ताङमा १ गरी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ५१ पुगेको छ । पछिल्लाे २४ घण्टामा प्रदेशभर थप ११ जनाको उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ६२ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button