पोखरामा उपचाररत थप १ संक्रमित पुरुषको आज बिहान निधन, २४ घण्टामा मृतक संख्या १२ पुग्याे

पोखरा न्यूज । पोखराकाे अस्पतालमा उपचारको क्रममा थप १ जना कोरोना संक्रमित पुरुषको आज बिहान निधन भएको छ । थप १ जनाकाे निधनपछि काेराेनाका कारण पछिल्लाे २४ घण्टामा पाेखरामा निधन हुनेकाे संख्या १२ पुगेकाे छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पर्वत जिल्लाकाे फलेवास नगरपालिका–५ का ६४ वर्षीय पुरुषको आज बिहान निधन भएको छ । उहाँकाे संक्रामक तथा सरुवा राेग अस्पताल पाेखरामा उपचारका क्रममा निधन भएकाे हाे ।

उहाँमा बैशाख २४ गते संक्रमण पुष्टी भएकाे थियाे ।

थप १ जनापछि गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २६३ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button